ताजा अपडेट »

जुम्लामा जिल्ला स्तरीय कृषि मेला : चिनोदेखि भाँगोसम्म प्रदर्शनी

विहीबार, १६ असार २०७९

जुम्ला । जुम्लामा जिल्ला स्तरीय कृषि  मेला प्रदर्शनी भएको छ । जुम्लाका कृषकले उत्पादन गरेको बिभिन्न कृषि जन्य उत्पादनहरु प्रदर्शनीमा राखेको हो ।

उत्कृष्ठ कृषक समूह, सहकारी, कृषकहरुलाइ नगद प्रमाणपत्र प्रदान गरिएको छ ।  तिलागाउँपालिका १ की मेनका बुढा कृषि विकास कार्यालय जुम्लाले आयोजना गरेको  कृषि मेलामा तेलन बाली भाँगो प्रशर्दनी गरेकी थिइन् । उनी द्वितीय भइन् । उनलाइ नगद, प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको छ । जिल्लाभरका कृषकलाई कृषि मेलामा सहभागि हुन भने पनि मौसमका कारण र भौगोलिक बिकटताका कारण सबै कृषक सहभागी हुन नसकेको कृषि बिकास कार्यालय जुम्लाले बताएको छ । 

त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आर्चायले तेलहन,दलहन र फलफूलले भरिपूर्ण रहेको मेला खुल्ला  ठाउमा  हुनु पर्ने बताए । बिगतको स्मरण गर्दै कुनै बेला हरितालिका( तिजको) बेला यस्ता मेला हुने गरेको बताए । 

कृषि प्रदर्शशनी मेलामा आठवटा बाली समूहको सहभागीता रहेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले बताए । उनले भने,  तेलन,बाली, दलन बाली , फलफूल बाली, नगदे बाली, तरकारी बाली,  बिविध  बाली लगायतका जुम्लामा उत्पादन भएको बस्तुको प्रदर्शनी गरिएको हो । 

त्यस्तै जुम्लाको अर्गानीक तरकारी तथा फलफुल उत्पादन बढ्दो रहेकोले सबैले कृषिमा ध्यान दिन चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले बताए । उनले भने, 'मेलाले कृषकलाइ उत्साहित जागरुक बनाएको  छ । यस्ता कार्यक्रम प्रदेश सरकारले कृषिका लागि अझै धेरै सहयोग गर्ने प्रतिबद्धता गरेको छ । स्याउ, ओखर, मुला, काँख्रा, चिनो, कागुनो, भटमास, फर्सि , भटमास, मास , मसुरो ,  जौँ , गेरास , भाँगो, तोरी ,मार्से लगायतका अन्य कृषी उत्पादन राखिएका छन् । 

त्यस्तै प्रमुख  जिल्ला अधिकारी  बिजया कुमारी  प्रसाइले कृषि उत्पादनमा सबै भन्दा बढी महिलाको सहभागीता बढेको बताइन् । उनले भनिन्,’पुरुषको  तुलनामा महिलालाई  कार्याबोझ बढी देखिन्छ । महिलाले उत्पादन गरेको तरकारी नगरपालिकाले बारीमै पुगेर ल्याइदिने गरेको खण्डमा महिलाको कार्यबोझमा कमी ल्याउन सकिन्छ ।'

जुम्लाका महिला आफैं तरकारी बोकेर  बजारसम्म ल्याउने गरेका छन् । आफूले उत्पादन गरेको तरकारी स्थानीय सरकारले  सहज बजार कारणको ब्यवस्था नगरेका कारण डोकोमा तरकारी बोकेर तीन घण्टाको  पौदल यात्रा गर्न बाध्य छन् । जिल्ला स्तरीय  प्रदर्शनी कृषि मेलामा  ४१ जना किसानले भाग लिएका थिए ।  -दिलमाया शाही /  न्युज कारखाना