ताजा अपडेट »

नगरपालिकाद्वारा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन

विहीबार, १६ असार २०७९

डोल्पा । त्रिपुरासुन्दरी नगरपालिका डोल्पाले  निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । नगरपालिकाले रु १६ लाख लागतमा आर्थिक वर्ष २०७८–७९ को बजेटबाट एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याएको हो ।

नगरप्रमुख जनचन्द्र रोकायाले त्रिपुरासुन्दरीसहित यातायात सेवा पुगेका अन्य पालिकामा पनि निःशुल्क सेवा दिने बताए । त्रिपुरासुन्दरी नगरपालिकाको कोटबगरस्थित ठूली भेरी नदीमाथि राखिएको बेलीब्रिज पनि सञ्चालनमा आएको छ ।- रासस