ताजा अपडेट »

बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी घट्यो

बुधबार, १५ असार २०७९

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोलामा ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य बुधबार तोलामा एक सय रुपैयाँले बढेर ९७ हजार ८ सय रुपैयाँ कायम भएको छ । 

तेजावी सुन ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी बुधबार चाँदी भने प्रतितोलामा १५ रुपैयाँले घटेर एक हजार २४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।