ताजा अपडेट »

आहा कमलको फुल, आहा कमल दह रुकुमकोट ! (भिडियोसहित)

सोमबार, १३ असार २०७९

लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला र नेपाल को कान्छो जिल्लाको रुपमा चिनिने रुकुम पूर्वको हालको सदरमुकाम हो रुकुमकोट | यो सुन्दर ठाउ, नेपालको पूर्व पश्चिम लोक मार्ग अर्थात् पहाडी लोक मार्गको छेउमै अवस्थित छ | र रुकुमकोटको सुन्दरता र पहिचान बोक्ने सुन्दर ताल हो कमल दह | तेही कमल दहमा अहिले फुलेका छन् सुन्दर कमलका फुलहरु |

पर्यटकीय स्थलका हिसाबले यो सुन्दर कमल दह एक महत्वपूर्व आकर्षक हो | झन् अहिले ढकमक्क फुलेको कमलको फुलको त कुरै के गर्नु र ? दह वरिपरी कमलको फुल फुल्ने भएर यो दह को नाम कमल दह राखिएको हो | यो दहमा असार देखि भाद्र सम्म ढकमक्क पारि सुन्दर कमलका फूलहरु देख्न पाइन्छ | यतिबेला कमल दहमा ढकमक्क कमलको फुल फुलेर यसकोको सौन्दर्यता को बयान जति गर्यो तेती नै कम हुने महसुस हुन्छ |

रुकुम पूर्व पश्चिम दुवै जिल्ला भरिका अन्तरिक पर्यटकहरु यहा आएर आनन्द लिने गर्दछन | झन् पछिल्ला दिनहरुमा त बिसेष बिदाको मौका पारि रुकुम पूर्व को छिमेकि जिल्ला रोल्पा तथा बाग्लुंगबाट पनि पर्यटकहरुको घुइचो लाग्ने गरेको छ | कमलको फुलको मज्जा लिने समय अहिले नै हो | टिकटक, फेसबुक जस्ता सामाजिक संजालमा यो सुन्दरता राखेर भिडियो खिच्ने समय अहिले नै हो है | आउने हैन त रुकुमकोटको सुन्दर कमल दह ? स्वागत छ है |

https://youtu.be/v-aXif9CkPk