गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले शुक्रबार आर्थिक बर्ष २०७९/८० का लागि झण्डै ८१ करोड बराबरको बजेट नगरसभाबाट पारित गरेको छ । नगर प्रमुख खिलध्वज पन्थीले ८० करोड , ७६ लाख १८ हजार रुपैयाँको बजेट पेश गरि नगरसभाबाट पारित भएको हो । त्यसमध्ये चालु खर्च ५४ करोड ३४ लाख ५० हजार रहेको छ ।
पुँजिगत खर्च २६ करोड ४१ लाख ६८ हजार रहेको छ । प्रस्तुत बजेटमा सुशासन तथा संस्थागत विकास, सामाजिक विकास , आर्थिक विकास, भौतिक पुर्वधार विकास , वन वातावरण तथा विपद व्यवस्थापन कार्यक्रम मार्फत बिशेषतः लक्षित बर्गलाई बढि समेट्न खोजिएको छ । जिल्लाका १२ वटा स्थानीय तह मध्ये अहिले सम्म कसैले हिम्मत नगरेको ‘छुवाछुत मुक्त नगर घोषणा ’ को नीति तथा कार्यक्रम रेसुङ्गा नगरपालिकाले अगाडी सारेको छ ।
उक्त कार्यक्रमलाई व्यवहरारिक रुपमै सफल पार्न कार्यविधी बनाईने , टोल समिति गठन गरिने र वडा हुँदै छुवाछुत मुक्त नगर घोषणा गरिने नगर प्रमुख पन्थीले उद्घोष गरे । त्यस्तै राज्यले हाल सम्म ग र घ वर्गका अपाङ्गता भएको ब्यक्तिहरुलाई समाजिक सुरक्षा व्यवस्था नगरेकोले ती वर्गलाई सम्वोधन गर्नेका लागि आबश्यक व्यवसथा गरिने उल्लेख गरिएको छ । विद्यालयका छात्राहरुलाई निशुल्क सेनेटरी प्याड उपलब्ध गराईने भएको छ । कृषि उत्पादन र अन्य रोजगारमुलक कार्यक्रमहरु मार्फत गरिव विपन्न वर्गको आर्थिक सुधार ल्याउने विभिन्न कार्यक्रहरु समावेश गरिएको छ ।
नो होम डेलिभरी नगर बनाउने कार्यक्रम अगाडी सारिएको छ । गुल्मी अस्पताल मार्फत मृगौला र मुटी रोगीहरुलाई निश्ुल्क डाईलसिस सेवा उपलब्ध गराउने नीति तथा कार्यक्रममा राखिएको छ । बाँदर नियन्त्रण देखि मदिरा नियन्त्रण सम्मका कार्यक्रम अगाडी सारिएको छ । बिशेषतः विद्यालय छेउँछाउमा मदिरा विक्रि वितरण निषेध गरिने भएको छ ।
प्रमुख प्रशासकिय अधिकृत भक्तीराम मरासीनीको नजरमा मुख्य १० वटा कार्यक्रमहरु महत्वपुर्ण छन् । १, रेसुङ्गा सर्किट निर्माण गरि पर्यटन पुर्वधार विकास । २ , बाँदर नियन्त्रण देखि एक घर एक धारा कार्यक्रम । ३, मेयर रोजगार कार्यक्रम । लक्ष्मीपुर सांस्कृतिक संग्राहलय स्थापना । ४ , १४ वटै वटा सम्म पुग्ने मोटरबाटो पिच । ५, कृषि उपज संकलन केन्द्रको विस्तार र संजालिकरण । ६, शैक्षिक सम्मेलन । ७ , वैदिक सम्मेलन । ८ , होमस्टे सञ्चालन ।
९ , जातजाती बीच विकासमा समावेशीकरण । १० फोहर मैला व्यवस्थान केन्द्रको स्थापना र कच्च पदार्थको उद्योग सञ्चालन गरिने रहेको छ । रेसुङ्गा बहुमुखी क्याम्पस सहित शैक्षिक क्षेत्रको सुधारका लागि विभिन्न कार्यक्रम अगाडी सारिएको छ । स्वास्थ्यमा विपन्न वर्गको सहज पहँच, झण्झटिलो प्रशासनिकक सेवालाई छिटो छरिटो र सहज बनाउने , जन्म र मृत्यु दर्ता प्रमाण पत्र जनताको घर दैलोमा पुराउने लगायतका नीति तथा कार्यक्रम समावेश गरिएको छ ।
भौतिक विकास तर्फ राष्ट्रिय राजमार्ग संग जोड्ने सहायक राजमार्गको रुपमा पटौती दुर्गाफाँट खज्र्याङ्ग राङ्गवास सिमिचौर तम्घास सडकाई पिच गर्न बिशेष पहल गरिने भएको छ । रेसुुङ्गा नगरपालिकाको समग्र विकासका लागि लगानी बृद्धि गर्न सर्वपक्षिय लगानी सम्मेलन गरिने उल्लेख छ । पिउने पानीको शुद्धिकरण, एक वडा एक पर्यटकिय स्थल , विभिन्न धार्मिक तथा पर्यटकिय स्थलहरुको सम्वद्र्धन र विकास , विभिन्न सडकहरुको स्तरोन्नती गरिने , एक वडा एक गौरवको योजनालाई निरन्तर लगायत थुप्रै उत्साह जनक कार्यक्रम समावेश गरिएको अधिकांस नगर सभासदहरुको दावी रहेको छ । सभामा उपप्रमुख अमृतादेवी कुँवरले रेसुङ्गा नगरपालिकाको विनियोजन विधेयक –२०७९ पेश गरेकी थिईन । उनले र नगरप्रमुख पन्थीले सभा समक्ष पेश गरेका अन्य विभिन्न विधेयक समेत सर्वसम्मत पारित भएका छन् ।
प्रतिक्रिया