ताजा अपडेट »

सुनको मूल्य ३०० रुपैयाँले घट्यो

शुक्रबार, १० असार २०७९

काठमाडौं । सुनको मूल्य शुक्रबार प्रतितोलामा ३००  रुपैयाँले घटेकोे छ । बिहीबार प्रतितोला ९७ हजार ५०० रहेको सुनको मूल्य शुक्रबार प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजावी सुनको भाउ पनि ९६ हजार ७०० रुपैयाँमा नेपाली बजारमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ ।