ताजा अपडेट »

कपिलबस्तुमा पहिरोमा परी स्वर्गद्वारी दर्शन गरेर फर्केका २ जना बेपत्ता

सोमबार, ०६ असार २०७९

बुटवल । कपिलबस्तुको शिवराज नगरपालिका–१ मा पर्ने धानखोलामा पहिराले बगाउँदा दुई जना भारतीय बेपत्ता भएका छन् ।

प्युठानको स्वर्गद्वारीबाट दर्शन गरी लु २ ख २७१६ नम्बरको फोर्सबाट फर्किँदै गर्दा फोर्स गाडीबाट झरेर खोला तर्ने क्रममा पहिराले बगाएको हो । भारतको सिद्धार्थनगर जिल्ला बस्ने वर्ष १७ का निखिल कौशाल, वर्ष १८ सुरज सोनी बेपत्ता भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने खोलमा भारतीय नागरिक फोर्सबाट झरेर आउँदै गर्दा अचानक आएको पहिराले बगाएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ । उनीहरुको खोजी कार्य जारी रहेको छ ।