ताजा अपडेट »

बुटवलमा बिहानैदेखि सामान्य वर्षा, यस्तो मनसुनी प्रभावको आंकलन

सोमबार, ०६ असार २०७९

बुटवल । बुटवलमा आज विहानैदेखि हल्का वर्षा भएको छ । यद्यपि मनसुनी वायुभन्दा पनि स्थानीय बायुको प्रभाव बढी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालका चार वटा प्रदेशमा मनसुनी वायुको असर रहेको छ । महाशाखाका अनुसार प्रदेश १, मधेश, बागमती र गण्डकीमा मनसुनीको वायु प्रभाव छ।

बाँकी क्षेत्रमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको पनि प्रभाव रहेको छ ।
बिहान प्रदेश १, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानमा हल्का वर्षा भएको छ ।

दिउँसो प्रदेश १, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ। मंगलबार प्रदेश १, मधेश, बागमती र गण्डकीका धेरै स्थानमा वर्षाको सम्भावना छ । र, बाँकी प्रदेशका केही स्थानमा वर्षाको आकलन गरिएको छ ।