बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भूमिआयोगलाई परिणाम दिनेगरी काम गर्न निर्देशन दिएका छन् । उनल भूमिहिन सुकुम्बासीलाई जतिसक्दो चाँडो जग्गाको स्वामित्व प्रदान गर्न आयोगलाई निर्देशन दिएका हुन् ।
राष्ट्रिय भूमि आयोगले लुम्बिनी प्रदेश स्तरीय जिल्ला समितिका पदाधिकारीहरुका लागि शनिबार बुटवलमा आयोजना गरिएको अभिमुखिकरण गोष्ठीमा बोल्दै मन्त्री खाँणले प्रकृया पुरा गरेर जतिसक्दो चाडो भूमिहिनलाई जग्गाधनी पुर्जा वितरण गर्न आयोगका पदाधिकारीहरुलाई निर्देशन दिएका हुन् ।
पुर्जा वितरण गर्दा कुन पार्टीले जित्ला हार्ला भन्ने कुरालाई ध्यान नदिन पनि उनको आग्रह छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका खाँणले स्थानीय तहका जनप्रतिनीधिहरुलाई पनि आयोगका कामकारवाहीमा सहयोग गर्न आग्रह गरे ।
गृहमन्त्री खाँणले भने,‘भूमिहिनलाई जग्गाको मालिक बनाउने काममा स्थानीय सरकारको पनि ज्यादै ठूलो सहयोग चाहिन्छ, स्थानीय जनप्रतिनीधिहरुलाई म आग्रह गर्न चाहन्छु- पुर्ण रुपमा सहयोग गर्नुहोला ।’ उनले भूमिहिन सम्बन्धि सबै समस्या समाधान गरेर यो समस्या सदाका लागि अन्त्य हुने पनि विश्वास व्यक्त गरे। उनले भने, ‘सरकारले के गर्नु पर्छ, बजेट कति चाहिन्छ, सुरक्षा व्यवस्था मिलाउनु पर्ने हो की, सबै काम गर्न सरकार तयार छ ।’
प्रतिक्रिया