बुटवल । पूर्व प्लाटीनम होटल ‘फर्न रेसीडेन्सी’ नयाँ व्यवस्थापन र नयाँ नामका साथ सञ्चालनमा आएको छ । काठमाण्डौं महानगरपालिका–१३, सोल्टिमोडमा नयाँ व्यवस्थापनका साथ ‘महावीर प्यालेस’का नाममा होटल सञ्चालनमा आएको हो ।
थप १० करोड लगानी गरी सञ्चालनमा ल्याइएको होटलमा सुविधा सम्पन्न १५० जना अट्ने मिटिङ हलसहित ५८ वटा रुम रहेका छन् । १४ वटा डिलक्स, ३२ वटा सुपर डिलक्स, १० वटा प्रिमियर र २ वटा सुईट रुमसहितको होटलमा बार, रेष्टुरेन्ट तथा चौबिसै घण्टा कफि सपको व्यवस्था रहेको छ ।
यसैगरी अत्याधुनिक जिम, स्पा, ज्याकुजी, स्टीम तथा ड्राई सावनाको सुविधा रहेको होटलका प्रबन्ध निर्देशक नारायण पौडेलले जानकारी गराए । होटलमा मिनि क्यासीनो एवम् प्रयाप्त पार्कीङको ब्यावस्थाका साथै ५ जना भन्दा बढीको समूह बुकिङमा निःशुल्क एअरपोर्ट पिकप ड्रपको व्यवस्था रहेको छ ।
होटलमा इण्डियन, नेपाली, चाईनिज तथा कण्टिनेन्टल खानाका परिकारका स्वाद चाख्न पाइने उनले बताए । कोभिड महामारीका कारण २ वर्षदेखि बन्द रहेको होटललाई नयाँ व्यवस्थापन गरी सञ्चालनमा ल्याइएको हो । भारतीय, विदेशी तथा नेपाली पर्यटकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको होटलले उत्कृष्ट सेवासहित आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया