ताजा अपडेट »

सुनको मूल्य बढ्यो

शुक्रबार, ०३ असार २०७९


काठमाडौं ।  सुनको मूल्य शुक्रबार तोलामा ५०० रुपैयाँले बढेको छ ।  बिहीबारको  तुलनामा शुक्रबार प्रतितोला ५०० रुपयाँले बढेर ९७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ थियो । तेजाबी सुनको मुल्य भने प्रतितोला ९७ ह्जार ३०० रुपैयाँ कायम गरिएको छ । 

चाँदी प्रतितोला एक हजार २७५ रुपैयाँमा कारोबार भईरहेको छ ।