ताजा अपडेट »

पूर्व-पश्चिम राजमार्ग अन्तरगत नवलपरासीको तुरिया नदि डाइभर्सन बाढीले बगायो, सडक अवरुद्ध

शुक्रबार, ०३ असार २०७९

बुटवल । पुर्व-पश्चिम राजमार्ग अन्तरगत नवलपरासीको तुरिया खोलामा रहेको डाइभर्सन बाढीले बगाएको छ । लगातारको वर्षाले गत वर्ष उक्त ठाउँमा रहेको पुल भासिएपछि डाइभर्सन निर्माण गरि सडक सञ्चालन गरिएको थियो ।

गएरातीको वर्षासँगै आएको बाढीले डाइभर्सन बगाएपछि सडक बन्द भएको प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । खोदामा बाढीको बहाब बढी भएका कार्ण डाइभर्सन निर्माणमा समस्या भइरहेको प्रहरीले जनाएको छ । उक्त सडक बन्द भएसँगै सवारीहरु बैकल्पिक रुपमा भैरवादेखि भूमही सडक खण्ड  हुँदै सञ्चालनमा आएका छन् ।

गत वर्षको वर्षायाममा तुरीया खोलाको पुल भासिएपछि बेलीव्रिज निर्माण गरेर सवारीसाधनको आवतजावतको ब्यबस्था मिलाईएकोमा बेली व्रिज पनि लप्किएपछि डाईभर्सन बनाएर यात्रा सहज बनाईएको थियो । डाईभर्सन बगाएपछि  सवारीसाधनलाई सुनवल चोकबाट देवकोटा चोक स्कुल पछाडिबाट खकरीबारी गैडाखाल हुँदै तुरीयाको पारी फर्त निस्कने ब्यबस्था मिलाईएको प्रहरीले जानकारी दिएको छ ।

पुर्व पश्चिम राजमार्ग अन्तरगत बुटवल नारायणगढ सडकखण्ड हाल विस्तारका क्रममा रहेकोले खोलामा नयाँ पुल निर्माणको अन्तिम चरणमा पुगीसकेकोले हाललाई बैकल्पीक मार्गबाटै आवतजावत गर्ने ब्यबसथ मिलाएर केही दिनमा पुल सुचारु गर्ने वा डाईभर्सन तत्काल निर्माण गर्ने विषयमा केही निर्णय भैनसकेको बताईएको छ ।

सडक विस्तारको काम सुस्त गतिमा हुँदा यस वर्षको वर्षा याममा पनि यात्रुहरुले सास्ती बेहोर्नुपर्ने भएको छ । बुटवलदेखी बर्दघाट सम्मको यात्रामा मात्र दर्जनौ ठाउँमा डाईभर्सन पार गर्नुपर्ने अवस्था छ । कतिपय स्थानमा पुल निर्माण सम्पन्न भएर संचालमा आए पनि कतिपय स्थानमा तत्काल पुल निर्माण सकिने अवस्था रहेको छैन ।