भैरहवा । पाल्पाको रानीमहल नजिकै र्याफि्टङ डुङ्गाबाट खसेका ७ जना भारतीय पर्यटकको शकुसल उद्घार गरिएको छ । पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले सबैको शकुसल उद्दार गरिएको बताए ।
“अहिले पानी परेर नदीमा बाढी आएको छ । यस्तोमा हामीले र्याफि्टङ नगर्न चेतावनी दिएका थियौ ।” प्रजिअ पन्तले भने “भारतीय पर्यटकको आग्रह अनुसार र्याफि्टङ गर्दा दुर्घटना भयो । तर समयमै सबैको शकुसल उद्दार भएको छ ।” नदीमा खसेकालाई डुङ्गा चालक, स्थानियहरुको सहयोगमा ५ सय मिटर देखी १ किलोमिटर सम्म पुगेकालाई उद्घार गरिएको उनले बताए ।
रानीमहल क्षेत्रमा रानीमहल तेजकुमारी बिच क्याम्पबाट डुंगा सञ्चालन भएको थियो । प्रमुख जिल्ला अधिकारी पन्तका अनुसार उक्त डुंगामा ७ जना रहेकोमा डुंगा चालकले एक जनालाई तत्काल उद्धार गरेको र बाकी ६ जनाको पनि कालीगण्डकी स्थानिय र डुङ्गा चालकको सहयोगमा उद्दार गरिएको थियो ।
प्रतिक्रिया