ताजा अपडेट »

पाल्पाको एक सहकारीबाट ५ लाख बढी नगद चोरी

मंगलबार, ३१ जेठ २०७९

पाल्पा । पाल्पाको एक सहकारीमा चोरी भएको छ । जिल्लाको बगनासकाली गाउँपालिका-८ डढुवाडाँडास्थित श्री बगनासकाली बहुउद्देश्य सहकारी संस्था लिमिडेटबाट नगद ५ लाख २७ हजार ३ सय ७३ रुपैयाँ मंगलबार चोरी भएको प्रहरीले जनाएको छ ।

उक्त सहकारीको कार्यालय कोठामा रहेको दराजबाट उक्त नगद चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पा र अस्थाई प्रहरी चौकी भुसलडाँडाबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गरिरहेको बताएका छन् ।

साथै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।