ताजा अपडेट »

लुम्बिनीका सभामुख घर्तीकी श्रीमती रोल्पा जिसस सभापति

आइतबार, २९ जेठ २०७९

बुटवल । रोल्पाको जिल्ला समन्वय समिति (जिसस)को प्रमुखमा नेकपा माओवादी केन्द्रकी नेतृ सीता आचार्य निर्वाचित भएकी छन् । सीता लुम्बिनी प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीकी श्रीमती हुन् । निर्वाचनबाट उपप्रमुखमा कर्मलाल परियार निर्वाचित भएका छन् ।

समन्वय समितिको सदस्यमा नेकपा माओवादी केन्द्रको तर्फबाट ईन्द्रबहादुर रोका, केवल प्रसाद घर्ती र शेरवहादुर पुन निर्वाचित भएका छन् । दलित तथा अल्पसंख्यक सदस्यमा नेकपा माओवादी केन्द्रका निलम सुनार निर्वाचित भएकी छन् । महिला सदस्यमा सोही पार्टीका जीतकुमारी विक, मीना सुनार र शर्मिला पुन मगर निर्वाचित भएका छन् ।

रुकुमपूर्व घर भएकी सीताको माइती रोल्पा नगरपालिका वडा नम्बर-४ हो । रोल्पामा जिससमा माओवादीको बहुमत छ । १० पालिका रहेको रोल्पामा माओवादी केन्द्र ७ वटामा एकल जित निकालेको छ । जिसस प्रमुखमा चयन भएकी सीता माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला सह(इन्चार्ज हुन् ।