ताजा अपडेट »

बुटवलको बेलबासमा कार र स्कुटर ठोक्किए, २ जना घाइते

आइतबार, २९ जेठ २०७९

बुटवल । बुटवलको बेलबासमा कार र स्कुटर एक आपसमा ठक्कर खाएका छन् । पूर्वबाट पश्च्मितर्फ जाँदै गरेको प्रदेश ३–०१–०२५२५ च ६५४४ नम्बरको कार र विपरीत दिशाबाट आइरहेको लु २१ प ४३९६ नम्बरको स्कुटर आइतबार दिउँसो एक आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा परी कार र स्कुटरका चालक घाइते भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । दुर्घटनामा परी तिलोत्तमा नगरपालिका–१ का ५८ वर्षीय भुवनप्रसाद पाण्डे र स्कुटरका चालक कपिलबस्तुको वाणगंगा नगरपालिका–६ का ३४ वर्षीय विरजन बस्याल क्षेत्री घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते दुवै जनाको बुटवल बेलबास स्थित मुक्तिनाथ पोलिक्लिनीकमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको छ ।