ताजा अपडेट »

मूल्यवृद्धि विरुद्ध अनेरास्ववियुद्वारा रुपन्देहीमा चक्काजाम (फोटो फिचर )

शुक्रबार, २७ जेठ २०७९

भैरहवा । सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्यवृद्धीको बिरोधमा अनेरास्ववियु रुपन्देहीले २ घण्टा चक्काजाम गरेको छ । अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस कमिटीले २ घण्टा क्याम्पस अगाडि चक्काजाम गरेको हो ।

बिहानदेखि १० बजेसम्म चक्काजाम गरिएको अनेरास्ववियुका केन्द्रिय सदस्य सरोज ठकुरीले जानकारी दिए । उनले सरकारले पेट्रोलियम पदार्थ लगायत अन्य घरायसी समानमा अचाक्ली मुल्यवृद्धी भएकोले त्यसको बिरोधमा चक्काजाम आयोजना गरेको बताए । सरकारले मुल्यवृद्धी तत्काल फिर्ता नगरे अनेरास्ववियुले आन्दोलन थप चर्काउने ठकुरीले जनाए  ।

चक्काजामका कारण भैरहवा-परासी सडक खण्ड प्रभावित भएको थियो  । चक्काजाम कार्यालय समयमा परेको कारण अधिकांस कर्मचारी र बिद्यार्थीहरु समयमै गन्तब्यसम्म पुग्न समस्या भएको थियो । बन्द खुलेपछि भने जनजिवन सामान्य बनेको छ ।