धनगढी । सुदुरपश्चिम प्रदेशको धनगढीमा भाट–भटेनी सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपािलका–३, बोराडाँडीमा शुक्रबारदेखि भाट–भटेनीको सेवा शुभारम्भ भएको छ । देशकै सबैभन्दा ठूलो चेन सुपमार्केटको यो २३ औं स्टोर हो । स्टोरको एक समारोहकाबीच शुक्रबार बिहान भाटभटेनी सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिन बहादुर गुरुङ,उनकी धर्मपत्नी सावित्री गुरुङ लगाएत सपिवारले समुद्घाटन गरेका हुन् ।
देशभर आफ्नो सेवा विस्तार गर्ने अभियानमा रहेको भाट–भटेनीले सुुदुपश्चिम प्रदेशमा भने धनगढीबाट पहिलो पटक सेवा शुभारम्भ गरेको हो । १७ कट्ठा जग्गामा डेढलाख स्क्वायर फिटको भवन रहेको स्टोरमा खाद्यान्न,लत्तम कपडा,विद्युतीय , कस्मेटिक,फर्निचर,खेलौना लगाएत सम्पूर्ण सामानहरु उपलब्ध छन् । त्यसैगरी स्टोरमा रेष्टूरेष्ट, आकर्षक वाटर फाउण्टेन रहेका छन् भने निकट भविष्यमै हाइटेक सिनेमा(मल्टिप्लेक्स) पनि सूचारु हुने छ ।
शुभारम्भको अवसरमा बोल्दै सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिन बहादुर गुरुङले सुदुरपश्चिममा पनि अन्तराष्ट्रिय स्तरको सपिङ सुविधा प्रदान गर्ने उद्देश्यले सेवा शुभारम्भ गरेको बताए । उनले भने ‘हामीले देशको संघीय राजधानीभन्दा टाढा रहेको पश्चिम क्षेत्रमा अन्तराष्ट्रिय स्तरको सपिङ सुविधाा तथा सेवा प्रदान गरौं भन्ने उद्देश्यका साथ यो स्टोर सुरु गरेका छौं । देशका अन्य स्थानमा जस्तै यहाँपनि स्थानीय तथा ग्राहकवर्गहरुबाट साथ मिल्नेमा विश्वस्त छौं । साथै गुणस्तरीय सामान र सेवा दिनेमा हामी प्रतिवद्ध छौं ।’ स्टोर २ अर्ब लागतमा सञ्चालनमा आएको अध्यक्ष तथा प्रबन्ध निर्देश्क गुरुङले बताए ।
शुभारम्भको अवसरमा ग्रोसरीमा १० प्रतिशत र विद्युतीय सामग्रीमा २० प्रतिशतसम्म छुट रहेको भाट–भटेनी सुपर मार्केटका व्यवस्थापक विनोद भट्टराइले बताए । साथै निःशुल्क होम डेलिभरी सुविद्या रहेको उनले जनाए । कार्यक्रममा धनगढी उपमहानगरका प्रमुख गोपाल हमाल, सुदुरपस्चिम प्रदेशका प्रमुख देवराज जोशी, धनगढीका प्रजिअ किरण थापा, लगाएत विभिन्न निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया