माघ २१ ,
काठमाडौं । गत शुक्रबारदेखि ‘सयकडा दश’ फिल्म प्रदर्शनमा आएको छ । शनिबार ‘सयकडा दश’ फिल्म हेर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डित, मुख्य सचिव लोकदर्शन रेग्मी, अख्तियार पूर्वप्रमुख सूर्यनाथ उपाध्यायसहित सरकारका उच्च पदस्थ कर्मचारी फिल्म हल पुगेका थिए ।
फिल्म हेरिसकेपछि मन्त्री पण्डितले भ्रष्टाचारको सामाजिक प्रभाव चित्रण गरिएको फिल्म ‘सयकडा दश’लाई राष्ट्रिय फिल्मको नामाकरण गर्न सकिने बताए । उनले फिल्म हेरिरहँदा आफू पटक-पटक रोएको पनि प्रतिक्रिया दिए र अरुलाई पनि फिल्म हेर्न सुझाए । उनले निर्माण टिमको एकमुष्टमा प्रशंसा पनि गरे ।
भ्रष्टाचारले समाज र परिवारलाई पार्ने प्रभावको कथामा निर्मित फिल्म ‘सयकडा दश’ शुक्रवारबाट प्रदर्शनमा आएको हो ।
प्रतिक्रिया