ताजा अपडेट »

पिपलधारा खानेपानीको अध्यक्षमा गौतम

शनिबार, ०७ मंसिर २०७६

मंसिर ७,

ग्लोबल आवाज

बुटवल । रुपन्देहीको बुटवल- ११ मा रहेको पिपलधारा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अधिवेशनवाट तेजवहादुर गौतमको अध्यक्षतामा नयां नेतृत्व चयन भएको छ । शनिबार भएको संस्थाको साधारण सभा तथा अधिवेशनवाट पुन गौतमको अध्यक्षतामा नँया कार्य समिति निर्विरोधरुपमा चयन भएको हो ।

समितिको उपाध्यक्षमा लक्ष्मी भण्डारी , सचिवमा मेघराज आचार्य निर्वाचित भएका हुन् भने कोषाध्यक्ष मनोनित गर्ने व्यवस्था रहको छ । समिति सदस्यहरुमा बाबुराम अर्याल, यम प्रसाद खनाल, विन्दु पोख्रेल, मोति वहादुर पाण्डे, टेकराज घिमिरे,रामु शर्मा र लोकमाता अधिकारी निर्वाचित भएको निर्वाचन समितिका संयोजक बिक्रम खड्काले बताए । साधारण सभाको उद्घाटन गर्दै वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले नागरिकहरुलाई पिउने पानी उपलव्ध गराउने विषयमा उपभोक्ता समुहको निकै ठुलो भुमिका रहेको बताए ।

उपभोक्ताहरुले नै आन्तरिक व्यवस्थापन गरि सहजताका साथमा पानी वितरणको प्रवन्ध गर्नु स्वागतयोग्य रहेको उनको भनाई रहेको छ । सो अवसरमा खानेपानी डिभिजन कार्यालयका प्रतिनिधि इश्वरी आचार्यले पिपलधारा खानेपानी संस्थाको टंकि निमार्णका लागि वजेट बिनियोजन भैसकेको भन्दै समयमै निमार्ण सम्पन्न गर्नका लागि सबैको सक्रियता आवश्यक रहेको बताए । कार्यक्रममा टोल विकास संस्थाका अध्यक्ष विर वहादुर जीसी, पुर्व अध्यक्ष तुल्सी भुषाल,मेधराज आचार्य लगायतले बोलेका थिए ।

सो अवसरमा अध्यक्ष तेज वहादुर गौतम र सचिव मेधराज आचार्यले पेस गरेको प्रतिवेदन छलफल सहित पारित गरिएको थियो ।