मंसिर ७,
ग्लोबल आवाज
बुटवल । फेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सेयर सदस्य तथा सञ्चालकहरुका लागि दुई दिने अभिमुखिकरण कार्यक्रम बुटवलमा सम्पन्न गरेको छ । कार्यक्रममा सहकारी गठनका उद्देश्य, सहकारी सम्बन्धि ऐन कानून तथा सहकारी सञ्चालनका लागि क्षमता विकास सम्बन्धि ज्ञान प्रदान गरिएको थियो ।
कार्यक्रमका अवसरमा बोल्दै प्रदेश सरकार सहकारी तथा गरिबी निवारण मन्त्रालयका उप सचिव चन्द्र ठकुरीले सहकारीको वित्तिय अवस्था तथा क्रियाकलापहरु सकारात्मक भएको भन्दै प्रसङ्शा व्यक्त गरे । सहकारीले निर्माण गरेको कार्योजनाअनुसार उत्कृष्ट सहकारीका ४६ वटा सूचकहरु मध्य कार्योजना अबढीसम्म सहकारीले ३९ वटा सूचक सजिलै पार गर्ने विश्वाष व्यक्त गरे । कार्यक्रममा सहजीकरण समेत गरिरहेका ठकुरीले संस्थाले निर्माण गरेको कार्याेजना कम्तिमा ९० प्रतिशत तथा बढीमा एक सय १० प्रतिशतसम्म सफलता हासिल गर्न सक्ने प्रक्षेपण गरे । कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष प्रेमबहादुर गुरुङले सहकारीले सञ्चालन गरेको बाल बचत तथा वर्थ डे केक कार्यक्रम, तथा सुत्केरी भत्ता कार्यक्रम प्रभावकारी हुँदै गएको उल्लेख गरे ।
संस्थाले सदस्यहरुका लागि सुत्केरी भएको अवस्थामा २ हजार रुपैयाँ भत्ताको व्यवस्था गरेको छ भने छोरी जन्मिएमा थप ५ हजार गरी ७ हजार रुपैयाँ प्रोत्साहन भत्ता उपलब्ध गराउँदै आएको छ । संस्थाले व्यापार व्यवसाय, हायर पर्चेज, लघु वित्त तथा सामाजिक क्षेत्रमा लगानी गर्दै आएको छ ।
प्रतिक्रिया