मंसिर ७,
ग्लोबल आवाज
बुटवल । नेपाली कांग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारीले सरकार सिमा सुरक्षामा चुकेको आरोप लगाएका छन् । नेपाली कांग्रेस बडिगाड गाउँपालिका वडा नं. २ को आयोजनामामा चुनावी सभा तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै काग्रेसका केन्द्रिय सदस्य भण्डारीले सिमा विवादमा सरकार चुप रहेको आरोप लगाएका हुन् । उनले उप निर्वाचन सरकारको परीक्षा भएको भन्दै चुनावमा एकतावद्ध भएर लाग्न र विजयी हासिल गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
कार्यक्रममा जिल्ला पार्टी सभापति दिपेन्द्र बहादुर थापा, सांसद ज्ञान कुमारी छन्त्याल, मणिभद्र कँडेल, ग’ल्मी जिल्ला सचिव विष्णु सापकोटा, जिल्ला सदस्य गण्डकी अधिकारी, जिल्ला सदस्य फम खत्रि, गल्कोट नगर प्रमुख भरत गैरे, राष्ट्रिय दलित आयोगका कार्यवाहक अध्यक्ष मञ्जीत ताम्राकार, गौम’खि गाउँपालिका प्युठानका प्रम’ख एवं जिल्ला सचिव विष्णु कुमार गिरि, राष्ट्रिय सभा सदस्य धना खतिवडा लगाएतले सरकारको चर्को आलोचना गर्दै, चुनाव जिताउन कार्यकतालाई आग्रह गरेका थिए ।
प्रतिक्रिया