ताजा अपडेट »

सैनामैनाको कार्यपालिकामा एमालेको प्यानल विजयी

शुक्रबार, २० जेठ २०७९

बुटवल । रुपन्देहीको सैनामैना नगर कार्यपालिकामा एमालेको प्यानल विजयी भएका छन् । शुक्रबार ५ जना महिला र ३ जना दलित तथा अल्पसंख्यक गरी ८ जना कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा सबै पदमा नेकपा एमालेका उम्मेदवारहरु बिजयी भएका हुन् ।

निर्वाचनबाट एमालेका टेक बहादुर बिश्वकर्मा, डोल बहादुर सार्की, सुरज बराल दुर्गामाया श्रेष्ठ, मनकुमारी राई, माया देवी बिक, मिरा क्षेत्री र सिता थारु निर्वाचित भएका निर्वाचन अधिकृत विष्णुप्रसाद घिमिरेले जानकारी दिए ।