ताजा अपडेट »

जहाज दुर्घटनामा परेर निधन भएकाहरूको शव परिवारलाई हस्तान्तरण

विहीबार, १९ जेठ २०७९

काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका-२ सानुसरेमा तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ । 

काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि बिहिबार दिउँसो शव अन्त्येष्टि गर्न परिवारलाई हस्तान्तरण गरिएको हो। आइतबार पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरेमा दुर्घटना हुँदा २२ जनाको निधन भएको थियो ।