मंसिर ७,
काठमाडौँ । महाअभियोगको सामना गरिरहेका अमेरिकी राष्ट्रपति डोनाल्डट्रम्पले अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले आफूमाथी जासुसी गरेको आरोप लगाएका छन्। ट्रम्पले शुक्रबार ओबामामाथी उक्त आरोप लगाएका हुन्। ओबामाले २०१६ को राष्ट्रपति चुनाव प्रचारप्रसारका दौरान आफ्नो आफूमाथी जासुसी गरेको ट्रम्पको आरोप छ।
'आधुनिक कल ट्यापिङ्गको जुन संस्करण छ त्यो ओबामा प्रशासनले मराविरुद्ध गरेको सडेन्त्र हो', उनले भने। ट्रम्पले फोक्स न्युजलाई दिएकोझ साक्षातकारमा भनेका छन्, 'जब ओबामा सरकारको शिर्ष स्तरमा काम गर्दै हुनुहुन्थ्यो। उहाँ मेरो अभियानको जासुसी गरिरहनु भएको थियो। यो कुरा मैले पैले नै भनेको थिए।' ट्रम्पलाई के ओबामा व्यक्तिगत रुपमै तपाइको जासुसीमा संलग्न थिए ? भनि सोधिएको प्रश्नमा उनले भने, 'मेरो व्यक्तिगत विचारमा शिर्ष तहसम्मनै मेरो जासुसीमा संलग्न थिए।''म यस्तो भन्न चाहदैन किनकी यो अनदर हुन सक्छ। उनी सोच्ने की मेरो जित जसरी पनि निश्चित छ। त्यसैले उनी मलाई जसरी पनि रोक्न चाहन्थे,' उनले भने, 'फर्जि कुरा लेखेर चुनावभन्दा पहिला जनताको बिचमा ल्याउन खोजेका थिए।उनीहरूले यसका लागि करोडौं डलर खर्च पनि गरे। हिलेरी क्लिन्टन र डेमोक्रेट्सले यसको मूल्य चुकाय।'- एजेन्सी
प्रतिक्रिया