बुटवल । १९ यात्रु बोकेर जोमसोम उडेको तारा एयरको विमान दुर्घटना भएको छ। विमान आज विहान करिव १०: ३० बजेदेखि सम्पर्कविहिन भएको थियो। २ विदेशी, ४ भारतीय, १३ जना नेपाली ३ जना चालक दलका सदस्य थिए।
जहाजमा चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज क्रिष्टी थापा थिए। सम्पर्क विहीन भएको जहाज खोजीमा खटिएको टोली मुस्ताङको घाँसा केन्द्रित भएको छ। स्थानीयले ठूलो आवाज सुनिएको र आगो बलेको देखिएको भनेर खबर गरेपछि टोली त्यसतर्फ गएको हो।
प्रतिक्रिया