ताजा अपडेट »

‘अनिकालको आम्दानी’: समाजिक क्षेत्रमा लगानी

शनिबार, १४ जेठ २०७९

गुल्मी । चैत्रको महिनालाई 'रुढो र अनिकाले' महिना भनिन्छ । त्यस माथी गत दुई बर्षदेखि कोरोना महामारीले आर्थिक रुपले समेत थलिएको पाहडी जिल्ला गुल्मी । त्यस्तो अवस्थामा पनि गुल्मी उद्योग बाणिज्य संघले चौथो गुल्मी महोत्सवको आयोजना गर्ने उद्घोष गर्यो । आर्थिक रुपले सबै ब्यक्ति र क्षेत्र चौपट ।

त्यसैले पनि गुल्मी महोत्सव कतिपयलाई खिसीटिउरी गर्ने बिषय समेत बनेका थियो । हुन पनि गुल्मीको सदरमुकाम तम्घास लगायत अधिकांस मुख्य मुख्य ब्यापारिक केन्द्रमा ब्यापार ब्यवसाय चौपट थियो । यो गत चैत्र महिनाको कुरा थियो । मानिसहरु कोरोनाबाट बच्न मुखमा मास्क लगाएर हिड्दै थिए भने गुल्मी उद्योग संघका मानिसहरु गाडीमा माईक लगाएर चौथो गुल्मी महोत्सवको माईक लगाएर हिहिरहेका थिए । त्यस्तो बेला महोत्सव सफल हुनेमा स्यम आयोजकलाई पनि द्धृविधा थियो ।

किनकी उता दाङ्गमा सुरु भएको महोत्सव पनि सफल हुन नसकेको कुरा सुनिरहेका थिए । यता गुल्मीको एकै थलो रिडीमा पनि महोत्सव चलिरहेको थियो । त्यसका बावजुद पनि आँटेको कामबाट हरेस नखाई चौथो गुल्मी महोत्सव चलाउन अगाडी सरेको टोली पछाडी हटेन् । फलतः आज शुक्रबार आयोजक संस्था गुल्मी उद्योग बाणिज्य संघले पत्रकार सम्मेलन गरि आय ब्याय सार्वाजानिक गरेर पो थाह भयो कि त्यो अनिकालमा पनि महोत्सवबाट राम्रै आम्दानी भएको कुरा ।

पत्रकार सम्मेलनमा महोत्सवको सबै खर्च कटाएर पनि झण्डै २२ लाख रुपैयाँ बचत गर्न सकिएको कुरा आयोजकले सुनाए पछि विकास प्रेमी गुल्मीवासी हंशमुख देखिन्थे । २०७८ चैत्र २५ गतेदेखि २०७९ बैशाख ४ गते सम्म चौथो गुल्मी महोत्सव भएको थियो । तम्घासका बजार ब्यवसायी उत्साहित बने पछि निर्धारित समय भन्दा दुई दिन थपिएको थियो । गुल्मी उद्योग बाणिज्य संघका उपाध्यक्ष तथा महोत्सव आर्थिक समिति संयोजक रामप्रसाद पन्थीले आय–ब्याय सार्वाजानिक गर्दै झण्डै २२ लाख रकम बचत गर्न सकिएको र त्यसको ४० प्रतिशत रकम सामाजिक क्षेत्रमा लगानी गरिने उद्घोष गरे ।

उनका अन्ुसार टिकट बिक्रिबाट ३२ लाख ९२ हजार ६ सय १० रुपैयाँ आम्दानी भएको थियो । वालउद्यान मनोरञ्जन स्थलबाट १२ लाख ५० हजार संकलन भएको थियो । स्टल भाडाबाट २८ लाख ५० हजार आम्दानी भएको थियो । प्रायोजकबाट ९ लाख आम्दानी भएको थियो । त्यो सहित कुल आम्दानी ८२ लाख ९२ हजार ६ सय १० रुपैयाँ भएको उपाध्यक्ष एवं आर्थिक समिति संयोजक पन्थीले जानकारी दिए ।

त्यस्तै खर्च तर्फ विद्युत ब्यवस्थापनमा ४५ हजार , सुरक्षा ब्यवस्थापनमा ५ लाख ५० हजार , यातायात तथा ट्राफिक ब्यवस्थापनमा १ लाख ७६ हजार , प्रचार प्रसार खर्च ५ लाख ४५ हजार ६ सय २५ रुपैयाँ , कृषि तथा घरेलु प्रदर्शनीमा १ लाख २५ हजार सय रुपैयाँ खर्च भएको थियो । त्यस्तै अतिथी सत्कार तथा जलपान खर्च १ लाख ९३ हजार ९ सय २५ रुपैयाँ खर्च भएको थियो । सबै जोडेर कुल खर्च ६१ लाख ६४ हजार ९ सय १९ रुपैयाँ भएको पन्थीले जानकारी दिए ।

उनका अनुसार उक्त आम्दानीमा खर्च कटाएर २१ लाख २७ हजार६ सय ९१ रुपैयाँ आम्दानी हुन आएको छ । त्यसका अलवा विभिन्न पालिकाबाट ३ लाख र प्रदेशबाट ३ लाख ५० हजार सहयोग बोल रकम उठ्न बाँकी छ । गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक ईश्वरी प्रसाल पौड्यालले सोही बेलामा आफुहरु सहित दाङ्ग र जिल्ला कै रिडीमा समेत महोत्सव सञ्चालन भएको , जति नै बेला बिद्यार्थीहरुको परिक्षा र चुनावी तयारीमा दलका नेता कार्यकर्ता हुँदाहुँदै पनि महोत्सव सफल भएको भन्दै सबै पक्षलाई धन्यवाद दिए ।

उनले सदा झैं गुल्मी महोत्सवबाट आम्दानी भएको कुल रकमको ४० प्रतिशत रकम यसपाली पनि सामाजिक कार्य मै लगाउने प्रतिबद्धत्ता जनाए । संघका उपाध्यक्ष तारा प्रसाद भुसालका अनुसार रेसुङ्गा नगरपालिका–१३ को दुबिचौर भंगेरीमा प्रस्तावित होमस्टे सञ्चालनमा ल्याउन सबै पक्षको जोड छ ।

यसपाली गुल्मी महोत्सवबाट आम्दानी भएको मध्ये ४० प्रतिशत रकमबाट त्यसै होमस्टे सञ्चालनमा खर्च गर्ने बारे संघको बैठकले निर्णय गर्ने छ र सरोकारवाला संग पनि राय लिईने छ । कतैबट आर्थिक जोह नहुँदा ३ बर्ष अघि देखि अनौपचारिक रुपमा गुल्मी उद्योग बाणिज्य संघले सु्रु गरेको भंगेरीको होमस्टे , ‘होम ’ मै सिमित छ ‘स्टे’ छैन । संघकै प्रयासबाट अब ‘स्टे’ पनि हुने अपेक्षा राखिएको छ ।