मंसिर ६,
ग्लोबल आवाज
भैरहवा । रुपन्देहीको भैरहवामा रहेको हिमचुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वचत गर्ने बानीको बिकास गर्ने उद्धेश्यले खुत्रुके बचत योजना सार्वजनिक गरेको छ । बालबालिकातथा घरका अन्य सदस्यहरुमा बचत गर्ने बानीको विकास गर्ने उद्धेश्यले सहकारीलेखुत्रुके बचत योजना सार्वजनिक गरेको हो ।
संस्थामा रहेका शेयर सदस्यहरु त्था उनीहरुका बालबालिकामा बचत गर्ने बानीको विकास गर्न र संस्थाको बचत अभिवृद्धि गर्ने उद्देश्य सहित योजना ल्याईएको सहकारीले जनाएको छ । योजना अन्र्तगत प्रथम चरणमाका ५ सय वटा खुत्रुके वितरण गरिने संस्थाका अध्यक्ष बसन्तकुमार लालकर्णले जानकारी दिए । यसरी बितरणगरिएको सबै खुत्रुकेको एउटै साँचो रहेको र त्यो पनि सहकारीको कार्यालयमै रहनेछ ।
मासिक रुपमाखुत्रुके सहकारीको कार्यालयमा ल्याई त्यही खोलिने र जम्मा भएको रकम बचत खातामा जम्मा गरिनेछ । खुत्रुके बचत योजना अन्र्तगत जम्मा भएको बचतमा संस्थाले १० प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ । संस्थाका अध्यक्षकर्णले अन्य बचत भन्दा खुत्रुके बचत योजनामा १ प्रतिशत बढी ब्याज प्रदान गरिने जानकारी दिए । अहिलेलाई ५ सय वटा मात्र बितरण गरिए पनि यसको आवश्यकता हेरी मागअनुसार बढाउन सकिने अध्यक्षकर्णले बताए ।
शुक्रबार संस्थाको बैठकले खुत्रुके बचत योजना सहित सहकारीलाई सामाजिक सुरक्षा कोषमादर्ता गराउने लगायतका निर्णयहरु पारित गरेको संस्थाका सचिव अम्बिकाप्रसाद तिवारीले जानकारी दिए । सहकारीको स्थापनादिवसको अवसरमा आगामि पुष- ८ गते मंगलबार बृहत रक्तदान गर्ने र यसमा प्रत्येक शेयरले रक्तदाता पठाउन सहयोग गर्न अनुरोध गरिएको सस्थाका सदस्य दीपक घिमिरेले जानकारी दिए ।
सिद्धार्थनगर- ७ भैरहवामा प्रधान कार्यालय रहेको हिमचुली बचत तथा ऋण सहकारी सस्था लिमिटेडले १० लाख सम्मको दुर्घटनाबिमा, २ लाख २५ हजारको जीवन बिमा, १ लाखको मेडिकल बिमा लगायतको सुविधा प्रदान गरेको छ । २०६४ सालमा स्थापना भई ७ सय जना शेयर सदस्य रहेको हिमचुली बचत तथा ऋण सहकारी संस्थामा २६ करोड रुपैया कुलपुँजी रहेको सहायक व्यवस्थापक दिपेन्द्र यादवले जानकारी दिए ।
प्रतिक्रिया