ताजा अपडेट »

साग पुरुष फुटबल : नेपाल र भारत अलग अलग समूहमा

शुक्रबार, ०६ मंसिर २०७६

मंसिर ६,

ग्लोबल आवाज

काठमाडौं । नेपालमा हुने दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा नेपाल र भारत अलग अलग समूमा परेका छन् । शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा सार्वजनिक गरिएको खेल तालिका अनुसार समूह ए मा नेपालसँगै बंगलादेश र भुटान रहेका छन् ।

समूह बी मा भारतसँगै माल्दिभ्स र श्रीलंका रहेका छन् । पुरुष फुटबलमा नेपाल अघिल्लो संस्करणको विजेता हो । नेपालले १२ औं सागको फाइनलमा भारतलाई हराएर स्वर्ण जितेको थियो । पुरुष फुटबलमा सार्क सदस्य राष्ट्रमध्ये पाकिस्तान सहभागी छैन ।

पुरुष फुटबलका खेलहरु दशरथ रंगशालामा हुनेछ । लिग कम नकआउटका आधारमा खेल हुने र समूहको शीर्ष दुईमा रहने टिम सेमिफाइनल पुग्नेछ । पहिलो खेल नेपाल र बंगलादेशबीच हुनेछ।