ताजा अपडेट »

राजमार्ग चौराह-गोलपार्क सडकखण्डः वर्षा अघि नै नालीको काम सक्न निर्देशन

मंगलबार, १० जेठ २०७९
1 Shares

बुटवल । लामो समयदेखि निर्माण कार्यले गति लिन नसकेको बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको सडक निर्माणको सम्बन्ध सर्वपक्षिय बैठक बसेको छ । बुटवल उपमहानगरपालिका नवनिर्वाचित नगरप्रमुख खेलराज पाण्डेयको अध्यक्षतामा मंगलबार बुटवल बेलहिया सडक अन्तर्गत राजर्माग चौराहदेखि गोलपार्कसम्मको सडक निर्माणका सम्बन्धनमा सम्बन्धीत निकायका प्रमुखहरुसँग छलफल भएको हो ।

यस्तै बैठकले राजर्माग चौराह र पुष्पलाल पार्कको राउन्ड अवाउटमा आरसीसी गर्न, हस्पिटल लाइनको आकाशे पुलदेखि ट्राफिक चोकसम्मको मुख्य क्यारेजवे तत्काल सम्पन्न गर्न र वर्षा अघि नै नालि निर्माणको काम सम्पन्न गर्न सम्बन्धीत व्यवसायीलाई निर्देशन दिने निर्णय गरेको छ ।

बैठकले सडक क्षेत्राधिकारभित्र रहेका खानेपानीका जक्सन तथा विद्युत पोल, ट्रान्सफरमर तत्काल स्थानान्तरण गर्नका लागि नेपाल खानेपानी संस्थान र नेपाल विद्युत प्राधिकरण बुटवलसँग समन्वय र सहयोगका लागि अनुरोध गर्ने निर्णय भएको नगर प्रमुख खेलराज पाण्डेयले बताए ।

बैठकमा नगर प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रा अर्याल, प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, व्यापारिक र्मागका निमित योजना प्रमुख सविता ज्ञवाली, व्यापारिक र्मागका लेखा अधिकृत बसन्त भट्टराई लगायतको सहभागिता रहेको थियो ।