मंसिर ६,
काठमाडौँ । आसन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लागि श्रीलंकाले महिला क्रिकेट टोली घोषणा गरेको छ । यू२३ टोली घोषणा गरेको श्रीलंकाको टोलीमा सिनियर टोलीबाट खेलेका ५ खेलाडी रहेका छन् ।
श्रीलंकाकाले सिनियर टोलीकी २१ वर्षिय हर्षिता माधवीको कप्तानीमा टोली घोषणा गरेको छ । घोषणा टोलीमा माधवीसँगै अलराउन्डर कविशा दिलहारी, उमेषा थिमाशिनी, थारिका सेवान्डी र माल्शा शेहानीले वान डे र टि ट्वान्टी आई खेलेका छन् । कप्तान माधवीले १३ वान डे मा २ सय ५३ रन बनाएकी छिन् । त्यस्तै ९ टि ट्वान्टी आईमा ७८ रन जोडेकी छिन् । उप कप्तान काविशाले ४ वान डे मा ५८ रन बनाउनुको साथै ३ विकेट लिएकी छिन् । त्यस्तै ६ टि ट्वान्टीमा ३५ रन बनाउनुको साथै २ विकेट लिएकी छिन् । उमेषाले १ वान डे र ५ टि ट्वान्टी आई खेलेकी छिन् । बायाँ हाते तीब्र गतिकी बलर थारिकाले गत फेब्रअरीमा दक्षिण अफ्रिकाविरुद्ध वान डेमा डेब्यू गरेकी थिइन् । माल्शाले समान १ वान डे र टि ट्वान्टी खेली छिन् । ५ सिनियर खेलाडी बाहेक अन्य सबै श्रीलंकाबाट घरेलु क्रिकेटको अनुभव बटुलेका छन् । नेपालले पनि एक साता अघि रुविना क्षेत्री बेलबासेको कप्तानीमा सागको लागि अन्तिम टोली घोषणा गरेको थियो । सागमा भारत र पाकिस्तानको महिला टोलीको सहभागिता रहने छैन । साग मंसिर १५ देखी २४ सम्म काठमाडौं, पोखरा र जनकपुरमा हुँदै छ । महिला क्रिकेट टोलीको खेल पोखरामा हुने छ ।- एजेन्सी
प्रतिक्रिया