ताजा अपडेट »

भरतपुरको मेयरमा दोस्रो कार्यकालका लागि रेनु दाहाल निर्वाचित

मंगलबार, १० जेठ २०७९

काठमाडौँ । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल दोस्रो कार्यकालका लागि  विजयी भएकी छिन् । नेकपा एमाले उम्मेदवार विजय सुवेदीलाई १२ हजारभन्दा बढी मतले पाखा लगाउँदै सत्तारूढ गठबन्धनकी साझा उम्मेदवार दाहाल भरतपुरको मेयरमा निर्वाचित भएकी हुन् ।

प्राप्त विवरणअनुसार भरतपुरमा खसेको १ लाख २७ हजार ५०८ मतमा दाहालले ५२ हजार ३० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुवेदीले ३९ हजार ५ सय ८१ मत ल्याए । त्यस्तै, स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १४७२८ मत ल्याएका छन्।

उमपेयरमा पनि सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् । अधिकारीले ५२ हजार ८ सय ३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाकी हिमला गुरूङले ३० हजार ६ सय १२ मत ल्याइन् । हिमलालाई एमालेको समर्थन थियो ।