भैरहवा । गौतमबुद्ध अन्तरास्ट्रिय बिमानस्थलमा अवतरण गर्ने क्रममा जजीरा एयरलाईन्स संग चरा ठोक्किएको छ । चरा ठोक्किए संगै सावधानी अपनाउदै राती नै फिर्ता जानु पर्ने जजीराले अहिले सम्म उडान गरेको छैन । जजीरा एयरलाईन्सको जहाज अहिले सम्म बिमानस्थलमै रहेको बिमानस्थलले जानकारी दिएको छ ।
गौतमबुद्ध अन्तरास्ट्रिय बिमानस्थलका प्रवक्ता श्याम किशोर साहका अनुसार हवाई जहाजको बाहिरी भागमा रगत देखिन्छ तर रनवेमा कतै चरा देखिन्न । “पाईलटहरुले अवतरणको क्रममा चरासंग ठोक्किएको आशंका गरेका छन । तर रनवेमा देखिनु पर्ने चरा देखिएन ।” साहले भने “चरा कतै ईन्जिनमा त गएन भनेर जहाज यहि होल्ड भएको छ ।”
१ सय २१ जना यात्रु बोकेर आएको जजीरा एयरलाईन्स राती पौने २ बजे चरासंग ठोकिए पनि सबै सकुशल रहेका छन । काठमाण्डौंबाट प्राविधिक आएर ईन्जिनको चेकजाँच गरे पछि मात्र जजीराले यहाबाट उडान भर्न सक्ने साहले जनाए ।
जेठ २ गते देखी गौतमबुद्ध अन्तरास्ट्रिय बिमानस्थलमा नियमित उडान गरिरहेको जजीरा एयरलाईन्सले साताको ३ उडान गरिरहेको छ । सोमबार, बुधबार र शुक्रबार उडान गरिरहेको जजीराले निकट भविष्यमा दैनिक उडानको तयारी समेत गरेको छ ।
प्रतिक्रिया