नेपाली लोक संगीतका शिखर व्यक्तित्व झलकमान गन्धर्वको स्मृति दिवस आज विभिन्न कार्यक्रम गरि मनाइँदै छ । विसं। १९९२ साल वैशाख १२ गते पिता दुर्गाबहादुर गन्धर्व र माता भागीरथी गन्धर्वको कोखबाट पोखराको वाटुलेचौरमा जन्मिएका झलकमान ९ वर्षकै उमेरदेखि सारंगी बजाउने गदर्थे ।
रेडियो नेपालमा सारंगी र मादल वाद्यवादकका रुपमा जागिरे गन्धर्व २०२४ साल कात्तिक १ गतेदेखि गायकको रुपमा काम गरेका थिए । उनका रेडियो नेपालमा २ सय ५० बढी गीत रेकर्ड भएका छन् । गन्धर्वका आमाले सोध्लिन्...,डाँफे चरी...,अल्लारे नानी..,राधा पियारी.., तिम्रो नै माया ..,बाला जोवन लगायत गीतहरु चर्चामा छन् ।गन्धर्वले नारायणगोपाल स्मृति सम्मानदेखि इन्द्रराज्यलक्ष्मी पुरस्कार लगायत दर्जनौं सम्मान प्राप्त गरेका छन् ।
प्रतिक्रिया