ताजा अपडेट »

काठमाडौंमा बालेन्द्रलाई १७ हजार मतान्तरको अग्रता, स्थापित तेस्रोमा झरे

आइतबार, ०८ जेठ २०७९

काठमाण्डौं । काठमाडौं महानगरपालिकामा एक लाख मत गणना सकिएको छ। अद्यावधिक विवरण अनुसार एक लाख ६ हजार ३५२ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह १७ हजार मतान्तरसहित अग्रता लिइरहेका छन् । 


एमालेका उम्मेदवार केशव स्थापित भने तेस्रोमा झरेका छन् । साहले ३६ हजार २२६ मत पाउँदा कांग्रेस उम्मेदवार सिर्जना श्रेष्ठ (सिंह) को मत १९ हजार ९१० रहेको छ भने स्थापित १९ हजार ८५० मतले पछ्याइरहेका छन् ।