बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी मत गणनामा नेकपा एमालेका तर्फबाट प्रमुख पदका उम्मेद्वार मोहन चापागाईंले अग्रता लिएका छन् ।
१८ हजार १६९ मतगणना गरेर सक्दा चापागाईंले ७ हजार २२२ मत प्राप्त गरेर अघि छन् । निकटतम प्रत्यासी गठबन्धन दलका तर्फबाट मेयर उम्मेद्वार खाँणले ७ हजार ३६ मत प्राप्त गरेका छन् । खाँण चापागाईंभन्दा १८६ मतले पछि परेका छन् ।
यसैगरी उप प्रमुख पदमा पनि नेकपा एमालेकी जागेश्वरीदेवि चौधरीले फराकिलो मतान्तर कायम राखेकी छन् । पछिल्लो मत परिणाम अनुसार चौधरीले ६ हजार ९४३ मत प्राप्त गर्दा निकटतम प्रत्यासी गठबन्धन दलको तर्फबाट गोलाकार भित्र हँसिया हथौडामा
३ हजार ३२९ मत प्राप्त भएको छ ।
प्रतिक्रिया