परासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा पुनस् माओवादी केन्द्रका बैजुप्रसाद गुप्ता (दीपक) विजयी भएका छन्। उनी नेपाली कांग्रेसका राजेन्द्रप्रसाद सहानीलाई ८६ मतको झिनो मतान्तरले पराजित गर्दै विजयी भएका हुन्। गुप्ताले ४३ सय ८१ मत ल्याउँदा सहानीले ४२ सय ९५ मत ल्याए। सहानी यसअघि पनि गुप्ताका प्रतिस्पर्धी थिए।
उपाध्यक्षमा नेपाली कांग्रेसकी सकिना फतिमा खातुनले माओवादी केन्द्रकी पावित्री कोहाँरलाई ५ सय १३ मतान्तरले पराजित गर्दै विजयी भइन्। खातुनले ३६ सय ९८ ल्याउँदा कोहाँरले ३१ सय ८५ मत ल्याइन्। यसअघि उपाध्यक्षमा पनि कांग्रेसले जितेको थियो। अहिलेकी पराजित उपाध्यक्ष कोहाँर २०७४ को निर्वाचतमा नेपाली कांग्रसबाट विजयी भएकी थिइन्। टिकट नपाएपछि कोहाँर माओवादी केन्द्रबाट चुनाव लडेकी हुन्। ६ वटा रहेको पालिकामा माओवादी केन्द्रले ३, नेपाली कांग्रेसले २ र लोसपाले १ वडाध्यक्ष जितेको छ।
वडा नं। १ मा नेपाली कांग्रेसका चुल्हाईप्रसाद यादव, वडा नं. २ मा लोसपाका जगदिशप्रसाद चौधरी र वडा नं. ३ मा माओवादी केन्द्रका गोधनप्रसाद हरिजन विजयी भएका छन्। वडा नं. ४ मा नेपाली कांग्रेसका रविन्द्र सहानी, वडा नं. ५ मा माओवादी केन्द्रका कृष्णचन्द्र यादव र वडा नं। ६ मा माओवादी केन्द्रका दयाशंकर त्रिपाठी वडाध्यक्षमा निर्वाचित भएका छन्।
प्रतिक्रिया