ताजा अपडेट »

भरतपुर महानगर अपडेट : रेनुलाई ३ हजार बढी मतान्तर, पछ्याउँदै सुवेदी

शुक्रबार, ०६ जेठ २०७९

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी माओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिइरहेकी छन् । 

शुक्रबार दिउँसो २ः४३ बजेसम्म ५८ हजार १३४ गणना हुँदा रेनुले २१ हजार ९६४ मत ल्याएर अग्रता कायम राखेकी छन् । उननलाई १८ हजार ७७९ मतसहित एमालेका विजय सुवेदीले पछ्याइरहेका छन् । रेणु र सुवेदीलाई स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार २२३ मत ल्याएर पछ्याइरहेका छन् । 

उपमेयरमा कांग्रेसकी चित्रसेन अधिकारीले २४ हजार २८८ मतसहित अग्रता कायम राख्दा राप्रपाकी हिमला गुरुङले १४ हजार ८४६ मत ल्याएर पछ्याइरहेकी छन् ।