ताजा अपडेट »

लाफा समूहको आयोजनामा व्याडमिन्टन प्रतियोगिता हुने

विहीबार, ०५ मंसिर २०७६

मंसिर ५,

ग्लोबल आवाज

बुटवल । लाफा समूह रुपन्देहीले विगतका वर्षमा जस्तै यस वर्ष पनि समूहको स्थापना दिवसको अवसर पारी दोस्रो खुल्ला तथा भेट्रान्स पुरुष डब्बल व्याडमिन्टन प्रतियोगिता– २०७६ आयोजना गर्ने भएको छ । लाफा समूहका खेल संयोजक पुरन गाहाले विहिबार बुटवलमा पत्रकार सम्मेलन गरी पुष ५ र ६ गते बुटवल– ७ दिपनगरमा प्रतियोगिताको आयोजना गरेको जानकारी दिए ।

प्रतियोगितामा खुल्ला व्याडमिन्टन तर्फ प्रथम हुनले ५१ हजार १ सय ११ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भन्ने द्वितीय र तृतीय हुनेले क्रमशः ४१ हजार १ सय ११ र ३१ हजार १ सय ११ नगद सहित कप, मेडल र प्रमाणपत्र पाउने खेल संयोजक गाहाले बताए । त्यस्तै भेट्रान्स पुरुष डब्बल तर्फ पनि प्रथम, द्वितीय र तृतीय हुनले क्रमशः २१ हजार १ सय ११ , १५ हजार १ सय ११ र १० हजार १ सय ११ नगद पुरस्कार पाउने खेल संयोजक गाहाले बताए ।

प्रतियोगितामा सहभागि हुनका लागि खुल्ला तर्फ २ हजार ५ सय र भेन्टा«स तर्फ २ हजार शुल्क लाग्ने र दर्ता शुल्कको रकम क्लबको शिभिल बैँकको बुटवल शाखामा जम्मा गर्न सकिने खेल संयोजक गाहाले बताए । टिम दर्ता पौष ४ गते १२ बजेसम्म मात्रै गर्न सकिने छ । भेट्रान्स तर्फ खेलाडीको उमेर ४५ वर्ष हुने पर्ने र दर्ता गर्ने क्रममा खेलाडीको उमेर खुल्ने प्रमाणपत्रको आवश्यकता पर्ने समेत आयोजकले जनाएको छ ।

प्रतियोगितामा विभागीय टिम सहित १०० टिमको सहभागिता रहने खेल संयोजक गाहाले बताए । प्रतियोगितामा सहभागि खेलाडीलाई मात्र बिहान खाजा र दिउँसो खानाको व्यवस्था आयोजक स्वंयमले गर्ने लाफा समूहका अध्यक्ष तारा सिंह रेग्मीले बताए ।

लाफा समूहले बिभिन्न सामाजिक क्षेत्रमा समेत सहयोग गदै आएको छ । समूहले अवकोे निकट समयमा नै एम्बुलेस खरिद गरेर सञ्चालन गर्ने योजना रहेको अध्यक्ष रेग्मीले बताए ।