बुटवल । राष्ट्रियसभा सदस्य तथा नेकपा एमालेका नेता खिमलाल भट्टराईले गल्ती कमजोरी भएर नै बुटवल लगायतका रुपन्देहीका अरु नहार्नु पर्ने पालिकाहरुमा एमाले हारेको बताएका छन् । पराजय व्यहोर्नु पछाडि साझा कारणहरू रहेको बताउँदै उनले तिनको पहिचान गर्दै समाधान गरेर अगाडि बढ्ने हो र फेरि पनि सबै मिलेर धूलो टक्टक्याएर रुपन्देहीको एमाले जाग्नुको विकल्प नरहेको बताए ।
‘गल्ती कमजोरी भएर नै वुटवल लगायतका रुपन्देहीका अरु नहार्नु पर्ने पालिकाहरुमा हामी हारेका छौ । जनताले नै हामीसॅग चित्त दुखाएको अवस्था हो हो यो । व्यक्ति व्यक्तिका कमजोरीतिर लागेर हामी सही निष्कर्षमा पुग्न सकिन्न । पराजय व्यहोर्नु पछाडि साझा कारणहरू छन् । तिनको पहिचान गर्दै समाधान गरेर अगाडि बढ्ने हो । फेरि पनि सबै मिलेर धूलो टक्टक्याएर रुपन्देहीको एमाले जाग्नुको विकल्प छैन । पार्टी भित्र झागिदै गएको व्यक्तिवादी प्रवृत्ति र अवसरवादी संस्कृतिलाई परास्त गर्न जरुरी छ । पार्टीका लागि त्यागको संस्कृति जागृत गर्न जरुरी छ । अहिले जनताले हामीसॅग चित्त दखाएको अवस्था हो । मिलेर अगाडि बढ्ने हो ।व्यक्तिलाई दुत्कार्ने काम बन्द गरौ ।’–उनले भनेका छन् ।
प्रतिक्रिया