ताजा अपडेट »

सैनामैनाको प्रमुखमा गठबन्धन, उप-प्रमुखमा एमालेको अग्रता

विहीबार, ०५ जेठ २०७९

बुटवल । रुपन्देहीको सैनामैना नगरप्रमुखका उम्मेद्वार फणिन्द्र शर्माले अग्रता कायम राखेका छन् । नेपाली काँग्रेसका शर्मा ९७७ मतले अगाडि रहेका छन् ।

पछिल्लो प्राप्त मत परिणाम अनुसार शर्माले रुख चिन्हमा ११ हजार ५५१ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी नेकपा एमालेका चित्रबहादुर कार्कीले सूर्य चिन्हमा १० हजार  ५७४ मत प्राप्त गरेका छन् । नगर उप प्रमुखमा भने एमालेकी बिना राना मगरले अग्रता लिएकी छन् । रानाले ११ हजार २३ मत प्राप्त गर्दै अग्रता कायम राखेकी हुन् । गठबन्धन दलका नारायण महतले नेकपा माओवादी केन्द्रको हँसिया हथौडा चिन्हमा १० हजार ११३ मत प्राप्त गरेका छन् । उप प्रमुख राना महत भन्दा ९१० मतले अघि रहेकी छन् ।  सैनामैनामा वडा नम्बर ७ र ८ को गणना जारी छ भने वडा नम्बर ९,१० र ११ को मत गणना गर्न बाँकी नै रहेको छ ।