मंसिर ५,
काठमाडौँ । न्युजिल्यान्डसँगको पहिलो टेष्टमा पाहुना टोली इंग्ल्यान्डले पहिलो दिनको खेल सकिँदा बलियो प्रर्दशन गरेको छ ।पहिलो दिनको खेल सकिदा इंग्ल्यान्डले ९० ओभरमा २ सय ४१ रन जोड्न ४ विकेट गुमाएको छ ।
अलराउन्डर बेन स्टोक्स १ सय १४ बलमा ९ चौका सहित ६७ रनमा अविजित छन् । स्टोक्सलाई दोस्रो दिन ओल्ली पोपले १८ रनबाट साथ दिने छन् । इंग्ल्यान्डले पहिलो विकेटका लागि ५२ रनको सुदृढ सुरुवात पाएको थियो । डोम सिब्ले २२ रनको स्थितिमा डे ग्रान्डहोमको शिकार भएपछि घरेलु टोली खेलमा फर्किएको थियो । सिब्ले इंग्ल्यान्डका लागि टेस्टमा डेब्यु गरिरहेका छन् । त्यसपछि अर्का अोपनर रोरी बर्न्सले डेनलीसँग ६१ रनको साझेदारी थपे । बर्न्स १ सय ३८ बलमा ६ चौका सहित ५२ रनमा ग्रान्डहोमकै बलमा क्याचआउट भए । उनलाई कोलिन डि ग्राण्डहोमले विकेटकीपर विजे वालटिङबाट क्याच आउट गराए । जो डेनली १ सय ८१ बलमा ८ चौका र १ छक्का सहित ७४ रनमा क्याच आउट भए । चौथो विकेटका लागि स्टोक्स र डेनलीले ८३ रनको साझेदारी गरेका थिए । न्युजिल्यान्डका अलराउन्डर कोलिन डी ग्राण्डहोमले २, निल वाङ्गर र टिम साउथीले १–१ विकेट लिएका छन् । - एजेन्सी
प्रतिक्रिया