ताजा अपडेट »

लोभ र डरबाट प्रभावित हुन्न : कृषिमन्त्री भुसाल

विहीबार, ०५ मंसिर २०७६

मंसिर ५,

ग्लोबल आवाज

काठमाण्डौ । नवनियुक्त कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले आफू लोभ र डरबाट प्रभावित नभइ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नवनियुक्त मन्त्री भुसालले परम्परागत कृषिमा अल्झेको श्रमलाई मुक्त गर्दै व्यावसायिक कृषिको विकासमा केन्द्रित रहेर काम गर्ने पनि बताए ।

बिहीबार दिउँसो सिंंहदरबारमा पुगेर पदभार ग्रहण गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले कृषि क्षेत्रको विकासका लागि अध्ययन, अनुसन्धानको काममा जोड दिने योजना पनि अघि सारे । यस अघि नवनियुक्त मन्त्री भुसालले राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनीयताको सपथ लिएका थिए ।

त्यसलगत्तै सिंंहदरबारमा पुगेर पदभार ग्रहण गरेका उनलाई निवर्तमान कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले बधाई दिएका थिए ।