ताजा अपडेट »

सितगंगा ५ को वडाध्यक्षमा कांग्रेसका बेल्बासे निर्वाचित

बुधबार, ०४ जेठ २०७९

बुटवल । अर्घाखाँचीको सितगंगा नगरपालिका–५ को वडाध्यक्षमा नेपाली कांग्रेसका चन्द्रमनि बेल्बासे निर्वाचित भएका छन् । उनी ८ सय ५१ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेद्वारले ४७८ मत पाएका छन् ।