ताजा अपडेट »

तिलोत्तमाको विवाद अझै मिलेन, मत बढाउने कर्मचारीलाई कारवाही र पुनः मतगणनाको माग

मंगलबार, ०३ जेठ २०७९

बुटवल । तिलोत्तमा नगरपालिकाको निर्वाचनमा भाग लिएका ७ राजनीतिक दलहरुले मतगणना हेरफेर गर्ने कर्मचारीलाई कारवाही र पुनःमतगणना गर्न माग गरेका छन् ।

तिलोत्तमामा चुनावमा सहभागी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी, जनमुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक प्रेस वक्तव्य जारी गरी मत हेरफेर गर्ने कर्मचारीलाई कारवाही गर्न र पुनः मतगणना गर्न माग गरेका हुन् ।

‘प्राप्त मत अंकलाई गलत रुपमा प्रस्तुत गरी मतपरिणामलाई बङ्ग्याई तोडमोड गरी अमूक कुनै पार्टीलाई जिताउने नियतले काम गरेको र अमूक दलबाहेक अन्यदलका मतगणना प्रतिनिधिहरुबाट गल्तिलाई सच्याउन पटकपटक दिएको सुझावलाई पूर्णरुपमा बेवास्ता गर्ने गरेको प्रति हामी निम्न दलहरु घोर भत्सना गर्दै यसमा सम्लग्न राष्ट्रसेवक कर्मचारीहरुलाई यथार्थ छानविन गरी निर्वाचन सम्बन्धी कसुर अन्तर्गत कारवाही गरिपाउँ ।’–विज्ञप्तिमा भनिएको छ ।