बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर ६ मा नेपाली कांग्रेसका उपेन्द्र साहनी नेतृत्वको प्यानल नै विजयी भएका छन् । साहनी १ हजार २३५ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका जयसंकर पाठकले ९०३ मत पाएका छन् । यस्तै महिला सदस्यमा गुलबी लोध, दलित महिला सदस्यमा गिता नेपाली र खुल्ला सदस्यमा अनील कुमार मौर्य र दिप नारायण यादब निर्वाचित भएका छन् ।
प्रतिक्रिया