बुटवल । स्थानीय तह निर्वाचन अन्तरगत रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर ५ मा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ । नेपाली काँग्रेसका चन्द्रमान चौधरी १ हजार ६४३ मत लिएर विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका अध्यक्ष उम्मेदवारले १ हजार ५७ मत प्राप्त गरेका छन् । कुल ३ हजार २०४ मतमा चौधरीले ५४३ मतको फराकिलो अन्तरले विजयी भएका हुन् । यसैगरी वडा सदस्यमा भिमबहादुर छहरी, जगदिश अहिर, महिला सदस्यमा भुवनेश्वरी थरुनी तथा दलित महिला सदस्यमा शान्ति सुनार विजयी भएका छन् ।
प्रतिक्रिया