ताजा अपडेट »

तिलोत्तमामा मतगणना रोकियो, कर्मचारीले एमालेको १४ मतलाई ४१ गराइदिएको कांग्रेसको आरोप

मंगलबार, ०३ जेठ २०७९

बुटवल । तिलोत्तमा नगरपालिकाको मतगणना रोकिएको छ । कर्मचारीले बाहिर सार्वजनिक गर्ने बेलामा बास्तविक मत भन्दा एमालेको धेरै मत बताएपछि मतगणना रोकिएको नेपाली कांग्रेस तिलोत्तमा नगरपालिका–१६ का वडाध्यक्ष झविलाल भुसालले जानकारी दिए ।

मतगणनामा एमाले निकट कर्मचारी धेरै रहेको र जसरी पनि कांग्रेसलाई हराउन कर्मचारीले धाँधली गर्नं लागेको अध्यक्षका उम्मेद्वार भुसालले बताए । ‘वडा नम्बर १६ र २ को मतगणना भइरहेको थियो । कर्मचारीले एमालेको वास्तविक मत भन्दा धेरै मत टिपाएको भेटियो । कतिसम्म भने एमालेको १४ मतलाई कमर्चारीले ४१ मत बनाइदिए ।’–उनले भने । अहिले मतगणना स्थल बाहिर नेपाली कांग्रेसले नाराबाजी गरिरहेका छन् ।