ताजा अपडेट »

‘समृद्ध मुलुकका लागि स्वदेशी उत्पादको निर्यातमा वृद्धि गरौँ’

विहीबार, ०५ मंसिर २०७६

मंसिर ५,

ग्लोबल आवाज

बाग्लुङ । पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकको निर्यात वृद्धिमा जोड दिएका छन् । समृद्ध मुलुकका लागि सधै रेमिट्यान्स भर परेर नहुने भन्दै अध्यक्ष केसीले स्वदेशी उत्पादको निर्यातमा जोड दिएका हुन् ।

बाग्लुङको गलकोटमा आयोजित दोस्रो गलकोट घुम्टे महोत्सवको उदघाट्न गदै अध्यक्ष केसीले विदेशबाट आएको रेमिट्यान्सले गाउँमा बेसाएर खाएर समृद्धि नआउने बताए । युवाहरुले उत्पादन भएका बस्तुलाई विदेशमा पठाउने काम गर्नुपर्ने बताउदैं केसीले उत्पादनशिल काममा सबैजना लाग्नुपर्ने कुरामा जोड दिए । अर्को प्रसङ्गमा केसीले भारतले सीमा मिचेको विषयपछि राष्ट्रियताको पक्षमा सवै एकजुट भएको सम्भवत पहिलो पटक भएको बताउँदै राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डाको रक्षाको लागि पहिलो पटक, राजनैतिक दल, पत्रकार र आम नागरिक एकै ठाउँमा भएको उनले बताएका हुन् । उनले राष्ट्रियताको पक्षमा सवै नागरिक एकजुट हुनुपर्नेमा समेत जोड दिए ।