ताजा अपडेट »

रुपन्देहीको शुद्धोधन–२ मा कांग्रेसका कमल विजयी

आइतबार, ०१ जेठ २०७९

बुटवल । रुपन्देहीको शुद्धोधन २ मा नेपाली कांग्रेसका कमल खड्का क्षेत्री विजयी भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनको आइतबार सार्वजनिक नतीजा अनुसार उनी वडाध्यक्षमा विजयी भएका हुन् । उनले १३ सय १८ मतसहित विजयी हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।

उनका प्रतिष्पर्धी नेकपा एमालेका किरण नेपालले १३ सय ६ मत प्राप्त गरेका छन् । कडा प्रतिष्पर्धाबीच उनले जीत हासिल गरेका हुन् । एमालेका किरण नेपाललाई १२ मतले मात्रै पछि पार्दै जीत निकालेका हुन् ।